images
Logo
images
images
images

सिद्धार्थ बैंकद्वारा नवलपुरको कालिका माविलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा नवलपुरको कालिका माविलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • सिद्धार्थ बैंकद्वारा नवलपुरको कालिका माविलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित श्री कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ । 

    उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए । 

    बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तर्क्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामाग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो । 

    बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो । 

    यस मान्यतासँगै, बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरूका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ ।

    बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु-याउने उद्देश्य लिएको छ । 

    बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार