images
images

सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट सम्पन्न, २८ जना अभिकर्ता सम्मानित

सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट सम्पन्न, २८ जना अभिकर्ता सम्मानित

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट सम्पन्न, २८ जना अभिकर्ता सम्मानित
    images
    images

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडिआरटी, सिओटी, टिओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरूलाई सम्मान गरेको छ । 

    चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरूको उपस्थिती रहेको थियो ।

    २०२५को लागि कम्पनीबाट १ जना टिओटी, २ जना सिओटी अनि २४ जना एमडिआरटीको लागि योग्य भएका छन् । 

    टिओटीको लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक टिओटी भइसकेकी छन् । साथै, रण बहादुर तामाङ पहिलो पटक सिओटीको लागि योग्य भएका छन् भने नारायण बहादुर गुरुङ दोस्रो पटक सिओटीको लागि योग्य भएका हुन् । 

    विश्वभरिका अभिकर्ताहरूमाझ मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रूपमा उपस्थिति रहने गर्दछ । 

    सन् २०२५का लागि एमडिआरटीको लक्ष्य ४६ लाख ९२ हजार ९००, सिओटीको लागि रु. १ करोड ४० लाख ७८ हजार ७०० र टिओटीको लागि २ करोड ८१ लाख ५७ हजार ४०० तोकिएको थियो ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सि म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि सहभागिता बढाउनको लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताउनु भएको थियो । 

    यसका साथै कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरू आधारशिला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरूलाई पनि धन्यवाद प्रदान गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार