images
images

सिद्धार्थ बैंकका ग्राहकहरूले सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्म छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकहरूले सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्म छुट पाउने

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूले सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रा. लि.(राधे राधे भतmपुर) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 
     
    सम्झौता अनुसार बैंकका ग्राहकहरूले भक्तपुरस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा इन् हाउस् ल्याब टेस्टमा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ । 

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार