images
Logo
images
images
images

रारामा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु, पहिलो फेजमा १ अर्ब लगानी

रारामा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु, पहिलो फेजमा १ अर्ब लगानी

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • रारामा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु, पहिलो फेजमा १ अर्ब लगानी
    images
    images

    मुगु / कर्णाली प्रदेशकै पहिलो चारतारे लक्जरी रिसोर्ट राराको मुर्मा टपमा निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशमा तीन तारेसम्मका होटलहरू सञ्चालनमा रहे पनि सोमबारबाट अष्ट्रेलियामा व्यवसाय गरिरहेका गैर आवासीय नेपालीहरूकोे लगानीमा कर्णालीकै पहिलो चारतारे सुबिधा सम्पन्न रिसोर्ट राराको मुर्मा टपमा भूमि पुजा गरी निर्माण प्रारम्भ गरिएको हो । 

    गत बर्ष काठमाडौँमा सरकारले आयोजना गरेको लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली अभिषेक बिक्रम शाहलगायतको टोलीले ड्रिम प्रोजेक्टका रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धतासहित सरकारसंँग रारा होल्डिङ्स रिर्सोट प्रालिले सम्झौता गरेको थियो ।

    १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे अनुसार राराको मुर्मा टपमा चारतारे रिसोर्टको सोमबार हिन्दु धर्म अनुसार भूमि पुजा गरी निर्माणको शुभारम्भ गरिएको हो । 

    कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टको पहिलो फेजमा कुल लागत एक अर्ब रुपैयाँको रहेको छ । पहिलो फेजमा ३६ र दोस्रो फेजमा १९ वटा सुबिधा सम्पन्न कोठामा ९८ शैया रहनेगरी निर्माण सुरु भएको हो । 

    दैनिक १०० जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने रिसोर्टको सोमबार भुमि पुजा गरी निर्माण कार्य सुरु गरिएको र रिसोर्ट विधिवत रूपमा माघ ३० गते काठमाडौँमा पर्यटन वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले शिलन्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ्स रिर्सोट प्रालिले जानकारी दिएको छ ।

    रारा क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएका कारण पर्यटकको दुखेसो पोख्दै आएका बेला सिंजा भ्याली, रारा, छायानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रबद्धनका लागि रिसोर्ट निर्माण गर्न लागिएको रारा होल्डिङ्स रिर्सोट प्रालिका परियोजना प्रबन्धक अरूण चन्दले जानकारी दिए । 

    समूद्री सतहबाट तीन हजार ५ सय मिटर उचाईमा निर्माण हुने रिसोर्ट चैत्र महिनाबाट पूर्वाधार निर्माणको काम थालनी हुनेछ । रिसोर्ट सञ्चालन आएपछि प्रत्यक्ष १ सय २० जनाले रोजगारी पाउने छन् भने १ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको र भारतीयहरू धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य राखिएको रिर्सोटका प्रतिनिधि ऐटन मल्लले जानकारी दिए ।  

    स्थानीय मौलिक परम्पराका घर शैलीमा निर्माण हुने रिसोर्टमा १०० जना क्षमता भएको सेमिनार हलको सुविधा हुने जनाइएको छ । रिसोर्टका प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली श्रृङखलाको अवलकन समेत गर्न सकिने जनाइएको छ ।  

    घुम्न आउने पर्यटकहरूले रारामा गासबासका लागि समस्या हुने गुनासो गरिरहेका बेला माझघट्ट, सल्लेरीमा एक दर्जन भन्दा बढी होटल संचालनमा आइसकेका छन् । 

    तर नयाँ रिर्सोट निर्माणले पर्यटकलाई बस्न र खानका लागि समस्या नपर्ने छाँयानाथ रारा नगरपालिका—८ का होटल व्यवसाही बीर्ख रोकायाले बताए ।

    रारामा बन्ने उक्त पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपको लगानी छ । सरकारसँग सम्झौता गर्दा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार