images
Logo
images
images
images

पाथीभरा केवलकार निर्माण विवाद समाधान गर्न आन्दोलनकारी सकारात्मक

पाथीभरा केवलकार निर्माण विवाद समाधान गर्न आन्दोलनकारी सकारात्मक

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • पाथीभरा केवलकार निर्माण विवाद समाधान गर्न आन्दोलनकारी सकारात्मक
    images
    images

    काठमाडौँ / संघीय सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन आह्वान गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ ।

    आन्दोलनरत पक्षले अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य रहेका छन् ।

    सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोली गठन भएसँगै आज आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आह्वा गरेको थियो ।

    सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । 

    यस्तै, यता आन्दोलनरत पक्षले पनि आफूहरु वार्ता र संवादको माध्यमबाट केबलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्ने सकारात्मक रहेको  विज्ञप्तिमार्फत जनाएको छ । 
     
    साथै सांस्कृतिक सम्पदा जोगाउन शान्तिपूर्ण आन्दोलनमा रहेका निहत्था नागरिकमाथि सरकारले गोली बर्साएर गम्भीर मानवअधिकार उल्लंघनको गरेको समेत विज्ञप्तिमा उल्लेख छ । 

    सरकार र मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको छ ।

    0.JPG

    00.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार