images
images

माओवादी नेताहरूको कार्यविभाजन तोकियो, कसलाई कहाँको जिम्मेवारी ?

माओवादी नेताहरूको कार्यविभाजन तोकियो, कसलाई कहाँको जिम्मेवारी ?

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • माओवादी नेताहरूको कार्यविभाजन तोकियो, कसलाई कहाँको जिम्मेवारी ?
    images
    images

    काठमाडौँ /  नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन तोकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    मधेसमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामणी पोखरेल इन्चार्ज थिए । 

    उनले  भने, “प्रदेश नं. १ मा उपमहासचिवमा हरिबोल गजुरेल इन्चार्ज तोकिनु भएको छ । मधेस प्रदेशमा उपमहासचिवमा मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल तोकिनु भएको छ । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास सार्क समितिमा लक्ष्मण पन्त इन्र्चाज तोकिनु भएको छ । युरोप-अमेरिका अन्तरसमितिमा राम कार्की तोकिनु भएको छ । यसैगरी प्रवास एसिया समितिमा ओम शर्मा तोकिनु भएको छ ।”

    बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ । यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार