images
images

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्,  प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका हुन् । 

    सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ ।” 

    उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार