images
images

परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल धेरै पछि पर्ने छ : प्रदीप ज्ञवाली

परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल धेरै पछि पर्ने छ : प्रदीप ज्ञवाली

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल धेरै पछि पर्ने छ : प्रदीप ज्ञवाली
    images
    images

    काठमाडौँ / नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विगतका २० वर्षमा विश्वमा धेरै परिवर्तन भएको बताएका छन् । नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न नसके नेपाल र नेपाली धेरै पछि पर्ने बताएका हुन् । 

    “हामीले आफूलाई अपडेट गरेनौँ भने ह्याङ हुन्छौँ, समाज बुझेनौँ भने समाजका समस्या बुझ्दैनौँ र समाज परिवर्तन गर्न सक्दैनौँ”, उनले भने । 

    नेकपा एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएको बताउँदै ज्ञवालीले एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको बताए । त्यसको लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिए । 

    नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकोले अबको लडाइँ आर्थिक समृद्धिको लडाई भएको ज्ञवालीले बताए । अधिकारको लडाई लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उनको धारणा छ । “अब यसको लागि हामीले नयाँ सोच आवश्यक छ, अब हामीलाई समृद्धिको स्किल आवश्यक छ”, उनले भने । 

    अहिले सामाजिक सञ्जालमार्फत सूचना भन्दा बढी मिस इन्फरमेसन र डिस इन्फरमेशन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने गरेको बताए । 

    “धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन्, यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ, अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ”, ज्ञवालीले भने । 

    विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उनको धारणा छ । यस्ता समस्याको समाधान भनेको वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको बताए । 

    दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने उनले बताए । अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउँछौँ भनेर आएको उनको भनाइ छ । “के चाहिँ राम्रो हो भन्ने कुरा थाहा पाउन पनि दृष्टिकोण चाहिन्छ, दृष्टिकोण नै नभए पछि राम्रो नराम्रो छुट्याउन सकिँदैन”, उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार