images
images

कजारिया टाइल्स नेपाल चेम्बर अफ कमर्स एक्सपोमा लोकप्रिय

कजारिया टाइल्स नेपाल चेम्बर अफ कमर्स एक्सपोमा लोकप्रिय

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • कजारिया टाइल्स नेपाल चेम्बर अफ कमर्स एक्सपोमा लोकप्रिय
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्श (एनसीसीआई)ले माघ ३० देखि भृकुटिमण्डपमा सञ्चालन गरेको नेपाल चेम्बर अफ कमर्स एक्स्पो  आइतबार सम्पन्न भएको छ । 

    विभिन्न उद्योग व्यवसायीहरूको सहभागीतमा सम्पन्न एक्स्पाले कम्पनीहरूलाई आफ्ना उत्पादनहरू र आविष्कारहरू प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको थियो । 

    नेपालको अग्रणी टायल ब्रान्डहरूमध्ये एक, कजारिया रमेश टाइल्स लिमिटेडले कार्यक्रममा एक आकर्षक स्टल बनाएको छ, जहाँ नेपालमै गर्वका साथ उत्पादन भएका उच्च गुणस्तर र आकर्षक डिजाइनका टाइल्स प्रदर्शनमा राखेको गियो । 

    मजबूती, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टाइल्स लिमिटेडका उत्पादनहरूमा दर्शकहरूले बिशेष चासो व्यक्त गरेका थिए । 

    कार्यक्रमको एक महत्त्वपूर्ण क्षणमा माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कजारिया रमेश टाइल्स लिमिटेडको स्टलसहित विभिन्न स्टलहरू भ्रमण गरे । 

    कजारिया रमेश टाइल्स लिमिटेडको टोलीले आफ्नो उत्पादनहरू प्रधानमन्त्रीलाई प्रस्तुत गर्न पाएकोमा गर्व महसुस गरेको छ ।

    कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक श्री संजय अग्रवालले आफ्नो विचार साझा गरे, “हामी यस प्रतिष्ठित कार्यक्रमको हिस्सा हुन पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य गुणस्तर, शैली र उचित मुल्यको संयोजन गर्दै नेपालमा विश्वस्तरीय टाइल्स ल्याउनु हो ।” 

    रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

    News.JPG

    नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । 

    यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।  

    यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार