images
images

होटल संघले सीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने

होटल संघले सीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • होटल संघले सीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने

    होटल संघ नेपालले आउँदो मार्च ३ देखि ६ सम्म सीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ । 

    images
    images

    भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा पश्चात विश्वको ध्यान त्यसतर्फ खिचिएको र यसबाट नेपालको खासगरी जनकपुर लगायत अन्य हिन्दू पीठहरुकोसमेत अयोध्यासँग समन्वय गरी वृहत प्रवद्र्धन र प्रचारप्रसार गरी भारतीय पर्यटक नेपाल भित्र्याउने उद्देश्यले यस्तो कार्यक्रम राखिएको संघले जनाएको छ ।

    भारतीय टुर अपरेटर तथा विशिष्ट व्यक्तित्वहरुका लागि विशेष आकर्षण स्वरुप नेपालका धार्मिक महत्वका पशुपतिनाथ, मुक्तिनाथ, डोलेश्वर महादेव, हलेसी महादेव लगायत मन्दिर र पिठहरुबाट  संकलित पवित्र जल प्रसादको अभिषेकले स्वागत गर्ने, रुद्राक्षको मालासहितको  अभिनन्दन र पशुपतिनाथको चन्दन तथा जनकपुरको प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ । 

    नेपालको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन कार्यका लागि परम्परा अनुसार माइती पक्षबाट भेटघाटका लागि ज्वाइँ छोरीको घर गई विभिन्न किसिमका उपहार तथा सौगात प्रदान गर्ने प्रचलन छ । 

    सोही अनुरुप माइती पक्ष सीताको जन्मस्थल जनकपुरबाट अयोध्यासम्म लावालस्करसहित नेपालकोतर्फबाट होटल तथा पर्यटन व्यवसायीसहितको समूहले राम मन्दिरमा पूजा अर्चना गरी सीताको जन्मभूमी जनकपुर र अयोध्याको सदियौंदेखि रहि आएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने पनि होटल संघ नेपालले जनाएको छ ।

    आउँदो गर्मीको छुट्टीमा धेरैभन्दा धेरै परिवारसहितको भारतीय पर्यटकहरुलाई नेपालका विभिन्न धार्मिक पीठहरु जस्तै पोखरा, जनकपुर, चितवन, बर्दिया, काठमाडौं जस्ता पर्यटकीय गन्तव्यहरुमा आकर्षित गर्ने उद्देश्यले सीमावर्ती भारतीय शहरहरु लगायत अयोध्या, गोरखपुर, कानपुर, लखनउ लगायत त्यस क्षेत्रका अन्य प्रतिष्ठित टुर अपरेटरहरुसँग लखनउमा बीटूबी तथा नेपाल प्रवद्र्धन कार्यक्रमका साथै नेपाल प्रवद्र्धन  साँझमा भारतीय पर्यटक आकर्षित गर्ने प्याकेजसहितको कार्यक्रम राखिनेछ ।  

    यस्तैगरी नेपाली रैथाने परिकारसहितको रात्रिभोज गर्ने गर्ने पनि जनाइएको छ । 

    कार्यक्रमबाट पोखराले गर्दै आएको  ‘चलिए पोखरा’ र सौराहा चितवनले गर्दै आएको ‘घुमौं सौराहा’ जस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई समेत टेवा पुग्ने संघले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार