images
images

एनसेलको प्रष्टीकरण : कुनै पनि इन्टरनेट कम्पनी खरिद गरिएको छैन

एनसेलको प्रष्टीकरण : कुनै पनि इन्टरनेट कम्पनी खरिद गरिएको छैन

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • एनसेलको प्रष्टीकरण : कुनै पनि इन्टरनेट कम्पनी खरिद गरिएको छैन

    काठमाडौँ / एनसेलले कुनै पनि इन्टरनेट कम्पनी खरिद नगरेको जनाएको छ । एनसेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचार अपरिपक्व र अनुमानमा आधारित भएको जनाएको हो । 

    images
    images

    एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा भने कम्पनी प्रतिबद्ध रहेको बताएको छ ।

    साथै, एनसेलले नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु कम्पनीको लक्ष्य रहेको पनि उल्लेख गरेको छ ।

    “एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ,” एनसेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको छ ।”

    एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैँ पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै एनसेलको जिकिर छ । 

    विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्दै जाने पनि एनसेलले बताएको छ।

    एनसेलले गर्ने निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धी हुने भएकोले एनसेलसँग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नुअघि हाम्रो आधिकारिक धारणा बुझिदिन  सञ्चार माध्यमहरूलाई एनसेलले आग्रहसमेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार