images
images

सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’, इभी गाडीलाई प्राथमिकता

सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’, इभी गाडीलाई प्राथमिकता

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’, इभी गाडीलाई प्राथमिकता
    images
    images

    काठमाडौँ / सिजी मोटर्सले ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ । आइतबार  एक विशेष समारोहकाबीच उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरले सार्वजनिक यातायात र कार सेन्टरको मर्मतको लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । 

    खासगरी इभी गाडीलाई बढी प्राथमिकता दिने हिसावले सेन्टर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक हेमन्त अग्रवालले बताए ।

    उनले भने, “सर्भिस सेन्टर प्यासेन्जर सेक्मेन्ट इभीहरू जस्तैः खालका दुईवटा सेक्मेन्टहरूको मार्केटमा छौँ । कर्मसियल भेकल सेक्मेन्ट सार्वजनिक यातायातमा बेच्ने  गाडीहरूलाई कर्मसियल भेकल सेक्मेन्टमा राखेका छौँ । र अर्को प्यासेन्जर कार छ । । प्रिमियर प्यासेनजरहरूका लागि छुट्टै सर्भिस सेन्टर सञ्चालन गरेका हौँ । जसमा कस्टमरहरूलाई आरामका साथ यहाँ बसेर गाडीको रिपेयर गरेको देख्न सक्नुहुन्छ । भित्रको इक्वीमेन्टहरू, सुविधाहरू, इन्टरनेसनल लेबलको छ । इन्टरनेसनल लेबल कै सर्भिस नेपालमै अफर गर्न खोजेका हौं । हामी इभीमा विश्वास राख्छौँ र फोकस जहिले पनि ईभीमै छ ।” 

    साथै उनले नेपालमा सर्भिस सेन्टरको नेटवर्क स्थापना गर्नु नै ठूलो कुरा भएको बताए । उनले हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरे ।

    सीजी मोटर्सले काठमाडौँ उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

    कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ । 
    हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार