images
images

पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • images
    images
    पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै
    images
    images

    काठमाडौं/  बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। 

    images
    images

    पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको कम्पनीले जनाएको छ। 

    एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन्। 

    यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडानको सुबिधा पाउनेछन्। 

    कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुँदैछ । 

    एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो ३, डल्फिन र एम ६ जस्ता चर्चित र लोकप्रिय ईभि एक्सचेन्ज गर्न सक्नेछन्। 

    बीवाईडी नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड हो। 

    नेपाली बजारमा यसको एट्टो ३, डल्फिन र एम ६ मोडल निकै लोकप्रिय मानिन्छन् । 

    बिक्री पछिको सेवा र चार्जिङ पूर्बाधारको विकासमा साइमेक्स इंकले पु¥याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभि पारखीको जमात निकै ठूलो छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार