images
images

दिपलको नयाँ स्टेट-अफ-आर्ट सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

दिपलको नयाँ स्टेट-अफ-आर्ट सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    दिपलको नयाँ स्टेट-अफ-आर्ट सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु
    images
    images

    पोखरा / नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आज पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । 

    दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रूपमा गरेका हुन् । 

    सो अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो । पोखरामा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले नयाँ सोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । 

    यो अवधिमा गण्डकी क्षेत्रका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । 

    टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ । 

    यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउनेछन् । नयाँ सोरुम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दु कुमार थापाले अटोमोबाइलमा सेल्स, सर्भिस र स्पेयर्सको उत्तिकै महत्त्व हुने बताए । 

    स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य पनि महत्त्वपूर्ण हुने उनको भनाई छ । त्यसैगरी, नाडाका अध्यक्ष करण चौधरीले नेपालले विद्युतीकरणमा निकै अगाडि बढिसकेको र कुल आयातको ७२ प्रतिशत गाडी इभी भएको बताए । 

    उनले नेपालमा अहिले राम्रो प्रदर्शन गरिरहेको दिपलले ग्राहकबाट भरोसा जितिरहेको बताए । उनले दिपल पोखरा बजारले चाहने जस्तो डिजाइन र पर्फर्मेन्सले भरिएको पनि जानकारी दिए । 

    दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाली बजारमा सात सयभन्दा बढी बिक्री भइसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार