आज विक्रम संवत २०८१ साल माघ ८ गते, मंगलबार । ईश्वी सन् २०२५ जनवरी २१ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । माघ कृष्णपक्ष सप्तमी तिथि, ११ः२३ बजेपछि अष्टमी। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ९ः२३ बजेपछि तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्ष सामान्य छ । मेहनत र प्रयत्नले आँटेको काम बन्नेछ । भौतिक साधन जुटाउन सकिनेछ । व्यापारमा आम्दानी बढाउन सकिनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयका नयाँ स्रोतहरू बढ्नेछन्। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। प्रतिस्पर्धामा सफल भइनेछ । आर्थिक लाभ हुने काम सुरु हुनेछ । रोकिएको काम बन्नेछ । स्रोतसाधन जुट्नाले नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी वा पेशामा सम्झौता नवीकरण गर्ने समय छ । व्यापार व्यवसायमा परदर्शी रहनुहोस् । कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। यद्यपि, भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुने दखिन्छ । नयाँ काम सुरु गर्नुअघि विचार गर्नुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा रोकिएको कार्य बन्ने वा नयाँ कार्य प्रारम्भ हुनेछ। नोकरीमा प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। विशेष योजना गोप्य नै राख्नु राम्रो हुनेछ । साझेदारीमा सुरु गरिएको व्यवसायमा समस्या आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा प्राथमिकताको आधारमा कार्य गर्नुहोला। आकस्मिक धनलाभका योग छन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा नयाँ प्रस्ताव आउने तथा साझेदारहरूको सहयोग बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त गर्न सकिनेछ । धैर्य गरेर काम गरेमा नयाँ अवसर प्राप्त गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। अरुलाई प्रभावित बनाएर काम गर्ने समय छ । अरुको फाइदाको लागि काम गर्दा आफू न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि वा पशुपालन व्यवसायबाट लाभ प्राप्त होला। कार्यक्षेत्रमा तारिफ योग्य कामले धेरैको प्रशंसा बटुल्न सकिएला। यद्यपि, समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। ठेकापट्टाको कामबाट विशेष लाभ प्राप्त गर्ने अवसर मिल्नेछ। यद्यपि, उठ्नुपर्ने रकम हात पर्न मुस्किल देखिन्छ । अड्किन सक्छ। नियमित व्यवसायमा सामान्य फाइदा भइरहनेछ।पछिका लागि लगानी गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारो काममा छरछिमेकीहरूको सहयोग मिल्नेछ। तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। व्यापार बढ्नेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आय आर्जन सामान्य रहनेछ। सवारी साधनमा खर्च बढ्नेछ । नियमित कामलाई निरन्तरता दिने समय हो । उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन मिल्नेछ। व्यापार व्यवसायमा निजी दायित्व निर्वहनमा बाधा आउनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ।