images
images

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक भ्रमण सम्पन्न

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक भ्रमण सम्पन्न

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक भ्रमण सम्पन्न
    images
    images

    प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी (General Upendra Dwivedi PVSM, AVSM) तथा श्रीमती सुनिता द्विवेदी पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी आज मंसिर ०९ गते स्वदेश फिर्ता भएका छन् । 

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारी र उनकी धर्मपत्‍नीले बिदाई गरेको थियो । 

    भ्रमणको दौरान जनरल द्विवेदीलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेको थियो । 

    nepal and indian army meet.png

    जनरल द्विवेदीले आफ्नो भ्रमणको दौरान सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको थियो । 

    उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हे.क्वा.को भ्रमण गर्नुका साथै मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईट मार्फत विभिन्न हिमालहरुको अवलोकन समेत  गरे । 

    यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार