images
images

प्रधानमन्त्री अमेरिका जाँदा अन्य उडानहरू ठप्प, अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमान आकाशमै होल्ड

प्रधानमन्त्री अमेरिका जाँदा अन्य उडानहरू ठप्प, अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमान आकाशमै होल्ड

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • प्रधानमन्त्री अमेरिका जाँदा अन्य उडानहरू ठप्प, अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमान आकाशमै होल्ड

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू ठप्प भएका छन् । 

    images
    images

    प्रधानमन्त्रीको उडानका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । यतिबेला अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमान आकाशमै होल्ड गरिएका छन् । 

    आन्तरिक तर्फका केही विमान होल्डमा छन् भने केही नजिकका विमानस्थलमा डाइर्भट गरिएको छ । आधा घण्टा विमानस्थलका अन्य उडान थप्प हुँदा करिब १५ वडा उडान तथा अवतरण प्रभावित बनेका छन् । 

    यस्तो छ प्रधानमन्त्री ओलीको भ्रमण तालिका

    महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

    प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

    न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरो ९एलडिसी०को अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । 

    साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।

    प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।

    उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । 

    प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार