images
images

एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले भुकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग गर्ने भएको छ । 

    images
    images

    बैंकले कार्तिक १७ गते शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको  विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो । उक्त रकमबाट भुकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ । 

    स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार