images
images

गरिमा क्यापिटलको दशैँ–तिहार लक्षित योजना, भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सकिने

गरिमा क्यापिटलको दशैँ–तिहार लक्षित योजना, भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सकिने

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • गरिमा क्यापिटलको दशैँ–तिहार लक्षित योजना, भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सकिने

    काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले दशैँ–तिहार तथा छठ पर्व २०८१ को उपलक्ष्यमा “बम्पर दशैँ तिहार अफर” योजना सार्वजनिक गरेको छ । 

    images
    images

    “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशैँ तिहार अफर” संचालनमा ल्याएको क्यापटिलले जनाएको हो । 

    यो योजना असोज १ गते देखि साल कात्तिक ३० गतेसम्मका लागी लागु गरिएको हो । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सकिनेछ । 

    ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने क्यापिटलले जनाएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार