images
images

शाओमीको रिटेलर्स मिट, ‘बजार स्थितिको बारीमा छलफल र नयाँ अवसरहरू खोजी गर्ने मौका’

शाओमीको रिटेलर्स मिट, ‘बजार स्थितिको बारीमा छलफल र नयाँ अवसरहरू खोजी गर्ने मौका’

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • शाओमीको रिटेलर्स मिट, ‘बजार स्थितिको बारीमा छलफल र नयाँ अवसरहरू खोजी गर्ने मौका’

    काठमाडौैँ / ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो वार्षिक रिटेलर्र्स मिट सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना रिटेलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस रिटेलर्र्स मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    भाद्र २४ मा काठमाडौँको हायात रेजेन्सीबाट सुरु भएको यस वर्षको रिटेलर्र्स मिटको क्रमशः भाद्र २६ मा इटहरी, भाद्र २८ मा नेपालगन्ज र भाद्र ३० मा पोखरामा आयोजना  भएको कम्पनीले जनाएको छ । 

    देशभर रहेका आफ्ना  रिटेलरहरूसँग सहकार्य गर्नुका साथै अहिलेसम्म हासिल गरेका उपलब्धिहरू मनाउने उद्देश्यले यस रिटेलर्र्र्स मिटको आयोजना गरिएको शाओमीले जानकारी दिएको छ ।   

    डिलर्स मिटलाई सम्बोधन गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “यस वार्षिक रिटेलर्र्र्र्स मिटको अवसरमा रिटेलरहरुसँग भेटघाट गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । यहाँ उपस्थित सम्पूर्ण रिटेलर, साझेदारहरू तथा समर्थकहरूलाइ हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । हाम्रा सम्पूर्ण उपलब्धीहरुमा तपाईंहरुको उत्साह र लगनशीलताको उल्लेखनीय भूमिका रहेको छ ।”

    रिटेलर्र्स मिटमा लाइभ म्युजिक, नृत्य प्रस्तुतिहरू र अन्य अन्तर्क्रिरयात्मक क्रियाकलापहरु राखिएका थिए । यस रिटेलर्र्र्स मिटले देशभरका रिटेलरहरूलाई शाओमीको लिडरसीप टिमसंग अन्तरक्रिया गर्न, बजार स्थितिको बारीमा छलफल गर्न र नयाँ अवसरहरू खोजी गर्ने मौका दिएको छ । 

    यस रिटेलर्र्स मिटले शाओमी ब्राण्ड र यसको रिटेलर नेटवर्क दुवैलाई निरन्तर संवादमा रहन तथा विभिन्न समस्याहरुको समाधानमा सहकार्य गर्न मद्दत पु¥याएको कम्पनीले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार