images
images

हिमालयन बैंकको विवाद फेरी अदालत पुग्यो, सञ्चालक समितिको प्रतिनिधित्वमा जालझेलको आरोप

हिमालयन बैंकको विवाद फेरी अदालत पुग्यो, सञ्चालक समितिको प्रतिनिधित्वमा जालझेलको आरोप

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • हिमालयन बैंकको विवाद फेरी अदालत पुग्यो, सञ्चालक समितिको प्रतिनिधित्वमा जालझेलको आरोप

    काठमाडौँ / हिमालयन बैंकको विवाद फेरी अदालतमा पुगेको छ । बैंकको सर्वसाधारण शेयरधनीको अनुपात राष्ट्र बैंकको नियम अनुसार ३० प्रतिशत पुर्याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो । हिमालयन बैंकको कुल शेयर पुँजीमा सर्वसाधारण शेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ ।  

    images
    images

    बैंक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ को दफा ९ (१) र ९ (४) बमोजिम सर्वसाधारण शेयरधनीको कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न भन्दै हालका सञ्चालक मध्येका एक संचालकले मुद्दा दायर गरेका हुन् ।

    मुद्दामा बैंकका केहि निहित स्वार्थ भएका सञ्चालकहरुले सर्वसाधारण शेयरधनीका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ । यसअघि पनि हिमालयन बैंकको संचालक विवाद पटक पटक अदालतमा पुगेको थियो ।

    हिमालयन बैंकमा स्थापना कालदेखि नै नीजि क्षेत्रबाट ४ वटा समूह संस्थापक शेयरधनी मनोज बहादुर श्रेष्ठ, प्रेम प्रकाश खेतान, हिमालय शमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी रहेका छन् ।  

    यी ४ संस्थापक शेयरधनी बाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण शेयरधनीहरू समेत रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार