काठमाडौं / एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार साँझ श्रेष्ठको निधन भएको हो ।
नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए । उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो ।
पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ । बिके श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ ।