images
images

कामना सेवा विकास बैकले बचत गर्ने बानी सिकाउँदै, ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैकले बचत गर्ने बानी सिकाउँदै, ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम

शनिवार, असोज ६ २०८०
शनिवार, असोज ६ २०८०
  • कामना सेवा विकास बैकले बचत गर्ने बानी सिकाउँदै, ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं / कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत यहि असोज ६ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    ट्राफिक प्रहरीहरुलाई बैंकिङ प्रणाली, बचत तथा कर्जा कारोवार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्वन्धमा प्रस्तुतिकरण गरिएको थियो । 

    बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, दैनिक जिवनमा गरिने बचत व्यवहार, कर्जा सम्वन्धी कारोवार, कर्जा अनुशासन तथा डिजिटल बैकिङका महत्व, अवसर र चुनौतीका बारे प्रस्तुतिकरण गरेका थिए । 

    उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । 

    कार्यक्रममा बोल्दै एसपी आचार्यले दैनिक जिवनमा बचत गनुपर्ने थाहा भएपनि  कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिईएकोमा यस साक्षरता कार्यक्रम पश्चात आफ्नो दैनिक जिवनमा बचतको महत्व बुझेर बचत बानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौसला मिलेको बताए । 

    बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार