काठमाडौँ / सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताहरूको मेरो शेयर रोक्का राख्ने भएको छ ।
सीडीएसले गत साउन १६ गते शनिबार एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेको थियो । सीडीएसले डिम्याट खाता नवीकरण नगर्नेहरुको मेरो सेयर पनि भदौ १५ गतेदेखि रोक्का राखिने जनाएको थियो ।
सोही अनुसार अहिले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर रोक्का भएको छ। अब मेरो सेयर एक्टिभ गर्न डिम्याट खाता नवीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ ।
हाल लगानीकर्ताहरुले मेरो सेयरमार्फत आइपीओ, हकप्रद सेयर, डिबेन्चर खरिद गर्दै आइरहेका छन् । डिम्याट नवीकरण नगरे यी सबै सेवाबाट बन्चित हुनुपर्ने भएको छ ।