images
Logo
images
images
images

फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सलाई आईएसओ प्राप्त

फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सलाई आईएसओ प्राप्त

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सलाई आईएसओ प्राप्त
    images
    images

    काठमाडौं / फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईएसओ ९००१:२०१५ प्रमाणपत्र पाएको छ । यस कम्पनीले जिवन तथा निर्जिवन बिमा एवम् पुनर्बीमा दलाली सेवाको विधा अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको छ ।

    कम्पनी उक्त प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल भएको दाबी गरिएको छ । सो प्रमाणपत्र आइतवार युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस नेपाल)का प्रमुख प्रकाश पौडेलले कम्पनी अध्यक्ष महेशकुमार अग्रवाललाई हस्तान्तरण गरेका हुन् । 

    पौडेलले आईएसओ प्रमाणपत्रको महत्त्वबारे जानकारी दिँदै प्रमाणपत्रले कम्पनीको सञ्चालन प्रणाली, संस्थागत सुशासन, व्यवस्थापकीय कुशलता तथा ग्राहक सेवाको गुणस्तर सुनिश्चित गर्ने बताए ।

    कम्पनीका प्रबन्ध निर्देशक सुवर्ण पौडेलले संस्था स्थापनाको छोटो समयमै उत्कृष्ट सेवा प्रदान गर्दै आएको भन्दै प्रमाणपत्र प्राप्तिका लागि कम्पनीको व्यवस्थापनको प्रशंसा गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार