images
Logo
images
images
images

सोनापुर सिमेन्टको आइपीओमा आवेदन दिन सर्वसाधारणलाई समय लम्बियो, अब कहिलेसम्म दिन सकिन्छ ?

सोनापुर सिमेन्टको आइपीओमा आवेदन दिन सर्वसाधारणलाई समय लम्बियो, अब कहिलेसम्म दिन सकिन्छ ?

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • सोनापुर सिमेन्टको आइपीओमा आवेदन दिन सर्वसाधारणलाई समय लम्बियो, अब कहिलेसम्म दिन सकिन्छ ?
    images
    images

    काठमाडौँ सोनापुर मिनरल्स एण्ड आयल्स प्रालिले दाङ र रोल्पाका स्थानीयका लागि १५ दिन आइपिओको म्याद थप गरेको छ। 

    उद्योग प्रभावित क्षेत्रका दुई जिल्लाका सर्वसाधारणले बढीभन्दा बढी लाभ लिन सकून् भन्ने उद्धेश्यले उनीहरूका लागि मात्रै भनेर १५ दिन म्याद थपिएको प्रालिका महाप्रबन्धक हरि पाठकले जानकारी दिए। 

    ‘कतिपयले आफूहरूले समयमै  सूचना थाहा नपाएको हुँदा आइपिओ भर्न नपाएको गुनासो गरेका कारण म्याद थप्ने निर्णय गरिएको हो,’ पाठकले भने, ‘अब यो दुई जिल्लाका सर्वसाधारणका लागि अन्तिम मौका हो, थपिएको अवधिमा पनि चाहेजति आवेदन नपरे अन्य जिल्लाका सर्वसाधारणका लागि पनि खोल्न सकिने छ।’

    सोनापुर सिमेन्ट उद्योगले साउन २९ गतेदेखि आइपिओ निष्कासन गरेको थियो। जसमा भदौ ११ गतेसम्म दुई जिल्लाका स्थानीयको लागि आइपिओ भर्न पाउने  सीमा तोकिएको थियो। 

    सोचेअनुरूप आवेदन नपरेपछि फेरि उद्योगले दुई जिल्लाका स्थानीयका लागि भनेर १५ दिने म्याद थप गरेको हो। उद्योगका महाप्रबन्धक पाठकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता सेयर खोलिएकोमा  आइपिओ खुलेकै दिन बढी आवेदन परिसकेको सेतोपाटीलाई बताए। 

    ‘वैदेशिक रोजगारीमा गएका नेपालीका लागि खोलिएको आवेदन सोही दिन नै ओभर सब्सस्क्राइभ भइसकेको थियो,’ पाठकले भने ‘तर, दाङ  र रोल्पाका स्थानीयले सूचना नै पाउन सकेनौं भनेको हुँदा उहाँहरूकै माग बमोजिम थप्ने निर्णय गरिएको हो।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार