images
images

हिमालयन बैंकले कान्ति बाल अस्पताललाई गर्‍यो २० लाख आर्थिक सहयोग

हिमालयन बैंकले कान्ति बाल अस्पताललाई गर्‍यो २० लाख आर्थिक सहयोग

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • हिमालयन बैंकले कान्ति बाल अस्पताललाई गर्‍यो २० लाख आर्थिक सहयोग

    काठमाडौँ / हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गर्ने निर्णय गरेको हो। 

    images
    images

    बैंकले प्रदान गरेको उक्त रकम अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने बताएको छ।

    कान्ति बाल अस्पतालमा बिहीबार आयोजित एक समारोहकाबीच उक्त रकम प्रदान गर्ने सहमति भएको हो। 

    सो समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा। बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका हुन्।

    सो अवसरमा अस्पतालका निर्देशक डा। युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगञ्ज शाखाका प्रमुख अभय बहादुर शाहलगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। 

    प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरूमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए।

    अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद प्रदान गरे। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार