काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहीवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज कम्पनीको २ लाख २८ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
कम्पनीले असार ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अव यो बोनश शेयर सम्बन्धीत शेयरको हितग्राही खातमा आएपछि कारोबार गर्न पाउनेछन् ।