काठमाडौँ / हिलटन हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव राखेर साधारण सभा बोलाएको छ ।
कम्पनीले भदौ २८ गते दोस्रो साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा ३० ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।
उक्त सभामा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव राखेको हो ।
साथै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०/८१ को लागि लेखापरिक्षकको नियुत्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि कम्पनीले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउने छ ।