images
Logo
images
images
images

पाथीभरा केवलकार विवादबारे योगेश भट्टराईको १९ बुँदे धारणा के हो ?

पाथीभरा केवलकार विवादबारे योगेश भट्टराईको १९ बुँदे धारणा के हो ?

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • पाथीभरा केवलकार विवादबारे योगेश भट्टराईको १९ बुँदे धारणा के हो ?
    images
    images

    काठमाडौँ / ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्न नदिइने बताएका छन् । 

    बुधबार काठमाडौँमा पत्रकार सम्मेलन मार्फत ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवी मुकुम्लुङ केबलकार सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्दै उनले बाहिर २५ हजार रुख काट्ने प्रचार गरिएकोमा आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नरहेको बताए । 

    उनले भने, “निर्माण कम्पनीले प्रस्तुत गरेको डिपिआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावरणिय प्रभाव मूल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन । पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन ।”

    त्यस्तै, उनले ताप्लेजुङबासीहरूको सहमतिमा जिल्लामा गर्नुपर्ने विकास–निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको पनि बताए । 

    उनले भने, “ताप्लेजुङमा निर्माण हुने केबलकार वा जल विद्युत आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरू तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाइले राख्नु भएको चासो र चिन्ताको ⁠हामी सम्मान गर्दछौँ । र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङबासीहरूको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास–निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सबैमा निवेदन गर्दछु ।”

    सांसद भट्टाइले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए । 

    केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्दछ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने पनि उनको भनाई छ । 

    उनले भने, “केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ । प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।”

    त्यस्तै उनले माघ १२ गतेको घटनाप्रति दुख व्यक्त गर्दै उनले त्यसक्रममा घाइते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका जवानहरू तथा नागरिकहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । 

    पाथीभरा केबलकार निर्माणको कार्यलाई अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माणलाई अघि बढाउन उनले माग गरे ।

    0.JPG

    00.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार