images
images

सन नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानी निवारण सम्बन्धी अभिमुखिकरण

सन नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानी निवारण सम्बन्धी अभिमुखिकरण

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • सन नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानी निवारण सम्बन्धी अभिमुखिकरण
    images
    images

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालयलगायत देशैभरीका कार्यालयहरूमा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

    कम्पनीले ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’को अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । 

    सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा ‘वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धिकरण निवारणमा प्रतिबद्धता’भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ति शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बिमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराइएको थियो । 

    उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेकी थिइन् भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यसको महत्त्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए । 

    उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरूको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार