images
images

प्रोग्रेशिभ फाइनान्स लिमिटेड र एएसजी आई केयरबीच सम्झौता

प्रोग्रेशिभ फाइनान्स लिमिटेड र एएसजी आई केयरबीच सम्झौता

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • प्रोग्रेशिभ फाइनान्स लिमिटेड र एएसजी आई केयरबीच सम्झौता
    images
    images

    प्रोग्रेशिभ फाइनान्स लिमिटेडले एएसजी आइ केयरसँग आपसी व्यवसायिक हित तथा विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

    समझदारीपत्रमा फाइनान्सका ग्राहक, शेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमा १० देखि ५० प्रतिशतसम्म छूट दिने व्यवस्था गरिएको छ ।

    साथै सम्झौता अनुसार, एएसजी आइ केयरले ओपिडीमा पहिलो पटकको दर्ता निःशुल्क तथा वर्षमा दुई पटक निःशुल्क आँखा जाँच अभियान सञ्चालन गर्नेछ । यसबाहेक विभिन्न क्षेत्रमा आँखा शिविर लगायतका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलापहरुमा फाइनान्ससँग सहकार्य गर्ने समेत समझदारी भएको छ । 

    समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका तर्फबाट अपरेशन म्यानेजर राधिका महतोले हस्ताक्षर गरे । 

    • उक्त अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका तर्फबाट बजार व्यवस्थापक संजीव कुमार ठाकुरको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार