काठमाडौँ / सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । बिहीबार सोल्टी होटल काठमाडौँमा आयोजित एक समारोहमा सामसङले आफ्नो अहिलेसम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ-सचेत मोबाइल अनुभवहरू दिने एक त्रु एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको हो ।
उक्त समारोहमा सामसङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए ।
“सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको शुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौँ, र तपाईँको यो त्रु एआई कम्प्यानियनले तपाईँको स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दैछ ।
ग्यालेक्सी एस२५ सिरिजले तपाईँलाई सबैभन्दा बढी सन्दर्भ-समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै तपाईँलाई कार्यकारी सल्लाह र सुझावहरू दिनेछ“ सामसङ नेपालको निर्देशक प्रणय रत्न श्रेष्ठले भने ।
ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।
यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।
ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू इन्टरप्रेत गरेर तपाईँका अन्तरक्रियाहरूलाई न्याचुरल बनाउँछन् ।
ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सन्दर्भ–समझदारीका साथ सुझावहरू प्रदान गर्दै कार्यहरू खोज्न सजिलो बनाउँछ । साथै, जिफ शेर गर्ने वा इभेन्टको विवरण राख्ने कार्यहरू जस्ता कामको लागि झन्झट बिना विभिन्न एपहरू बिच सजिलै सँग स्विच गर्न सकिन्छ ।
यी स्मार्टफोनहरूले न्याचुरल ल्यांगवेज बुझ्ने प्रक्रियामा पनि ठुलो प्रगति ल्याएर दैनिक अन्तरक्रियाहरूलाई अझ सहज बनाएका छन् । उदाहरणका लागि, तपाईँले केवल सोधेर सामसङ ग्यालरीमा एउटा चुनित फोटो खोज्न वा सेटिङमा डिस्प्ले फन्टको आकार समायोजन गर्न सक्नुहुन्छ ।
तपाईँले ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्तिभेत गर्न सक्नुहुन्छ । यसले सामसङ र गुगल एपहरूको साथै स्पटिफाई जस्ता तेस्रो-पक्ष एपहरूसँग सहज अन्तरक्रिया सुनिश्चित गर्दछ । उदाहरणका लागि, तपाईँ आफ्नो मनपर्ने सपोर्टस् टिमको सिजन तालिका खोजेर केवल एक कमान्डमार्फत सामसङ क्यालेन्डरमा थप्न सक्नुहुन्छ ।
ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्छ ।
कल ट्रान्सस्क्रिप्ट र समरीले तपाईँको कलहरूलाई व्यवस्थित गर्दछ । राइटिंग असिस्टले तपाईँको कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्दछ । ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्तहरूको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ ।
सुरक्षित : व्यक्तिगत एआई फिचर
ग्यालेक्सी एस२५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट तपाईँको डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ ।
यो सुविधाले तपाईँको प्रिफरेन्स र युजेज प्याटर्न अनुसार न्याचुरल ल्यांगुएज प्रयोगबाटै ग्यालरीमा पुरानो फोटो खोज्ने वा नाउ ब्रिफमार्फत दिनभरका लागि सुझावहरू प्राप्त गर्ने जस्ता टेलर्ड अनुभव प्रदान गर्दछ, जुन लक स्क्रिनमै रहेको नाउ बारडबाट एक्सेस गर्न सकिन्छ ।
नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ । क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतराविरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस२५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफीको सुविधा पनि प्रदान गर्दछ ।
सबैभन्दा शक्तिशाली ग्यालेक्सी
ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४० प्रतिशत, सीपियुमा ३७ प्रतिशत र जीपियुमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्छ ।
प्रोस्केलरले दृश्यहरूको स्पष्टतामा ४० प्रतिशतले सुधार गर्न सहयोग गर्छ । यसमा सामसङको मोबाइल डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) समावेश गरिएको छ, जसले प्रदर्शन पावर दक्षता थप बलियो बनाउँछ । भुल्कन इन्जिन र अपग्रेड गरिएको रे ट्रेसिङले मोबाइल गेमिङलाई झन् स्मूथ र जीवन्त बनाउँछ ।
ताप व्यवस्थापन संरचनामा सुधार ल्याउन ४० प्रतिशत ठुलो भेपर चेम्बर र विशेष रूपमा डिजाइन गरिएको थर्मल इन्टरफेस् मतेरिएल (टिआईएम) प्रयोग गरिएको छ, जसले अत्यधिक प्रयोग र एआई प्रोसेसिङलाई सहज बनाउँछ ।
क्रिएटिभिटीलाई नयाँ आयाम दिँदै ग्यालेक्सी एस२५ सिरिज
ग्यालेक्सी एस२५ सिरिजले उच्च रिजोलुसन सेन्सर र प्रोभिजुअल इन्जिन मार्फत कुनै पनि एंगलबाट विस्तृत र जीवन्त तस्बिर खिच्न क्षमता दिँदै मोबाइल फोटोग्राफीमा एक नयाँ स्यान्डर्ड स्थापित गरेको छ।
५० एमपि अल्ट्रावाइड क्यामेरा (अघिल्लो १२ एमपिबाट अपग्रेडेड) भएको ग्यालेक्सी एस२५ अल्ट्राले प्रत्येक दृश्यलाई थप प्रस्ट र रङ्गिन बनाउँछ ।
साथै, डिफल्टमा उपलब्ध १०–बिट एचडीआर रेकर्डिङले चार गुणा बढी रङ्ग संरचना प्रस्तुत गर्छ । यो सिरिजले उज्यालो वा अँध्यारो जुनसुकै अवस्थामा पनि उत्कृष्ट भिडियो खिच्न सक्छ ।
भिडियो बनाउँदा आउने अनावश्यक आवाज हटाउन ग्यालेक्सी एस२५ सिरिजमा अडियो इरेसर जस्तो सुविधा उपलब्ध छ। मोबाइलमै डीएसएलआर–जस्तो अनुभव दिन भर्चुअल अपेरेचरको प्रयोग गरेर गहिराइ नियन्त्रण गर्न सकिन्छ, जुन एक्स्पर्ट रअमा समाहित छ । ग्यालेक्सी लगले रङ्ग संयोजनलाई अझ सटीक बनाउँदै प्रोफेशनल भिडियो बनाउन सहयोग पु-याउँछ ।
पोत्र्रेट स्टुडियोले तपाईँलाई थप जीवन्त अनुहारका भावहरूका साथ व्यक्तिगत अवतार बनाउन सहयोग गर्छ । नयाँ एनलग–स्टाइल फिल्टरहरूले तस्बिर र भिडियोहरूलाई फिल्महरू जस्तो सौन्दर्य दिने अवसर दिन्छ ।
मजबुत र टिकाउ डिजाइन
ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो। यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ ।
ग्यालेक्सी एस२५+ र एस२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्रीसमाहित गरिएको छ, र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ ।
सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।
प्रि-अर्डर अफरहरू
ग्यालेक्सी एस२५ सिरिजको प्रि-अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ, र १ फाल्गुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबीबाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य ३१ हजार ९९९ रहेको छ, मात्र १४ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् र साथै, ३ हजार ३९९ मूल्य रहेको सिलिकन कभर पनि १ हजार ५०० मा प्राप्त गर्न सक्ने छन् ।
ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ बेस प्रि-अर्डर गर्दा ग्राहकहरूले ३१ हजार ९९९ रुपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स३ प्रो १४ रुपैयाँ ९९९मा र ३ हजार ३९९ रुपैयाँ मूल्य रहेको सिलिकन कभर पनि १ हजार ५०० रुपैयाँमा प्राप्त गर्न सक्ने छन् ।
मूल्य र उपलब्धता
कम्पनीले ग्यालेक्सी एस२५ अल्ट्रा १२ जीबी/५१२ जीबी र मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ । १२ जीबी/२५६ जीबीको मूल्य भने १ लाख ८४ लाख ०० हजार रुपैयाँ पर्नेछ । यी फोनहरू टाइटेनियम सिल्भरब्लु, टाइटेनियम हवाइटसिल्भर, टाइटेनियम ब्ल्याकमा उपलब्ध हुनेछ ।
त्यस्तै, ग्यालेक्सी एस२५ प्लस १२ जीबी/२५६ जीबीको मूल्य १ लाख ४१ हजार ९९ रुपैयाँ तोकिएको छ । यो फोन नेभी, सिल्भर स्याडोमा उपलब्ध हुनेछ ।
यसैगरी ग्यालेक्सी एस२५ १२ जीबी/२५६ जीबीको मूल्य १ लाख १४ हजार ९९९ रुपैयाँ र १२ जीबी/१२८ जीबीको मूल्य १ लाख ४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यी फोनहरू आईसी ब्लु, सिल्भर स्याडोमा उपलब्ध हुनेछ ।
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसै गरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् ।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले रु ५२५०/महिनादेखि सुरु हुने शून्य प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् ।
यो प्रक्रिया झन्झटरहित छ र यो सेवा प्राप्त गर्नको लागि प्रमाणपत्रको रूपमा ग्राहकको नागरिकताको मात्र आवश्यकता पर्नेछ ।