काठमाडौँ / लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । मङ्गलबारको तुलनामा आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ ।
यसअघि छापावाल सुन तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पनि तोलामा १ हजार ८५५ रुपैयाँ पुगेको छ । यसअघि तोलामा १ हजार ८३५ रुपैयाँ थियो ।