images
images

जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने कार्य स्विकार्न सकिन्न ! – प्रदीप ज्ञवाली

जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने कार्य स्विकार्न सकिन्न ! – प्रदीप ज्ञवाली

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने कार्य स्विकार्न सकिन्न ! – प्रदीप ज्ञवाली
    images
    images

    काठमाडौँ/  नेकपा (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चार क्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् ।

    उनले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताए ।

    तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्विकार्न नसकिने उनको भनाइ छ । 

    प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको  बताए । 

    कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार