images
images

तेह्र वर्षपछि नयाँपानीमा पलायो पानी

तेह्र वर्षपछि नयाँपानीमा पलायो पानी

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • तेह्र वर्षपछि नयाँपानीमा पलायो पानी
    images
    images

    सिन्धुपाल्चोक /  यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ । यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो ।

    अघिल्लो वर्ष पानी पलाउनु पर्ने भए पनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमा पूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाध्यक्ष शशिनाथ आचार्यले बताए । 

    पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार