images
images

प्रधानमन्त्री ओलीसँग वार्ता भएपछि निर्माण व्यवसायीले रोके आन्दोलन

प्रधानमन्त्री ओलीसँग वार्ता भएपछि निर्माण व्यवसायीले रोके आन्दोलन

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • प्रधानमन्त्री ओलीसँग वार्ता भएपछि निर्माण व्यवसायीले रोके आन्दोलन
    images
    images
    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएपछि निर्माण व्यवसायी महासङ्घले तत्काल आन्दोलन नगर्ने भएको छ । निर्माण व्यवसायी महासंघको टोलीले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेको थियो ।
     
    प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
    उक्त भेटवार्तापछि प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए । 
     
    यसअघि महासंघले २७ पुसमा राष्ट्रिय भेला आयोजना गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । महासंघले भुक्तानी, मूल्यवृद्धि तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउन माग गर्दै आएको छ ।
     
    यसबीच निर्माण व्यवसायीले विभिन्न दलका नेता र विभागीय मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । निर्माण व्यवसायीहरूले १४ बुँदे माग पूरा गर्न १५ दिनको अल्टिमेटम दिएर १८ माघदेखि सडक आन्दोलन घोषणा गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार