images
images

डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक, ७० प्रतिशतसम्म छुट

डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक, ७० प्रतिशतसम्म छुट

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक, ७० प्रतिशतसम्म छुट
    images
    images

    काठमाडौँ / डिसहोमले चाडपर्वको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै डिसहोमले आकर्षक अफरहरू सार्वजनिक गरेको हो । 

    सोयोजना अन्तर्गत, २०० एमविपिएस र ३०० एमविपिएस का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ।  उक्त अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गरेको कम्पनीले जनाएको छ । 

    १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको छ। यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन्। 

    हप्तामा १२ भाग्यशाली विजेताहरूले DHi होम अप्लाइसेन्सका सामानहरू, Itel A60s स्मार्टफोन, MiVi DuoPods T20 Earbuds, र डिसहोम फोरके स्टिमर जस्ता उपहारहरू जित्न सक्नेछन्।

    यति मात्र होइन, बम्पर लक्की ड्र अन्तर्गत एक भाग्यशाली विजेताले DHi होम अप्लाइसेन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। डिसहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ।

    DHi होम अप्लाइसेन्सका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, MiVi DuoPods मा ५४ प्रतिशत सम्मको छुट, र  FireBoltt स्मार्ट वाच मा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ।

    यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम इन्टरनेट को ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की डमा सहभागी हुन पाउनेछन्।

    डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको जनाएको छ । 

    आफ्नो नजिकको डिसहोम डिलरसँग सम्पर्क गरेर वा फोन नम्बरमा सम्पर्क गरी अफरहरूको लाभ उठाउन सकिनेछ।

    डिसहोमको खुशीको सेलिब्रेसन अफरले सबैलाई इन्टरनेट कनेक्सनसँगै उपहारहरूको अनुभूति गराउँदै खुसीयाली थप्ने विश्वास रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार