काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुन र चाँदीकै भाउ बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि सुनको भाउ १ लाख ६५ हजार ५ सय रुपैयाँ रहेको थियो ।
यता, चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको थियो ।