काठमाडौँ / बिहीबार पनि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
बुधबार भने १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ पर्नेछ ।