images
images

अमेरिकामा राष्ट्रपति ट्रम्प हुने भएपछि विश्व बजारमा तेल र सुनको भाउमा गिरावट

अमेरिकामा राष्ट्रपति ट्रम्प हुने भएपछि विश्व बजारमा तेल र सुनको भाउमा गिरावट

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • अमेरिकामा राष्ट्रपति ट्रम्प हुने भएपछि विश्व बजारमा तेल र सुनको भाउमा गिरावट
    images
    images

    काठमाडौँ / अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित हुने सुनिश्चित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कच्चा तेलको बेलायती बजार ब्रेन्टमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा झरेको छ । 

    उता अमेरिकी बजार वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बजारमा कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ मा झरेको छ ।

    अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई कम उदार मानिन्छ । पहिलो कार्यकालमा ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा लिएका थिए । 

    त्यही कारणले उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको रोजाइ सुन र कच्चा तेल भन्दा डलरमा बढी परेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार