images
images

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
    images
    images

    काठमाडौँ / एनसेलका ग्राहकहरूले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्छन् ।

    सधैँ अनमा ग्राहकहरूले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर, भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् । 

    त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तर गर्न सकिन्छ । यो सुविधा सधैँ अनका रु ३९९, रु ४९९ र रु ५९९ का प्याकहरूमा मान्य रहेको छ । 

    ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफुलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् । 

    उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी उदाहरणका ग्राहकले लागि १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रूपान्तर गर्न सक्छन् । 

    आफुसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफुलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको छ । एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्दछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार