images
images

कार्तिक मसान्तसम्म २४२ उद्योग दर्ता, कति आयो लगानीको प्रस्ताव ?

कार्तिक मसान्तसम्म २४२ उद्योग दर्ता, कति आयो लगानीको प्रस्ताव ?

स्वचालित प्रणालीबाट १०९ वटा विदेशी लगानी स्वीकृत

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • कार्तिक मसान्तसम्म २४२ उद्योग दर्ता, कति आयो लगानीको प्रस्ताव ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष (आव)को पहिलो चौमासिक (साउन–कार्तिक)मा कुल २४२ ओटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार कार्तिक मसान्तसम्म स्वदेशी र विदेशी गरी कुल २४२ ओटा उद्योग दर्ता भएका हुन् । 

    यस अवधिमा २६३ लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जसमध्ये अनुमोदन प्रणालीबाट १५४ वटा लगानी स्वीकृत भएका छन् । स्वचालित प्रणालीबाट १०९ वटा विदेशी लगानी स्वीकृत गरिएको विभागका महानिर्देशक राजेश्वरप्रसाद ज्ञवालीले जानकारी दिए । 

    कति आयो लगानीको प्रस्ताव ? 

    कार्तिक मसान्तसम्म करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा ४० अर्ब ९६ करोड बराबरको प्रस्ताव आएको हो । 

    अनुमोदन प्रणालीबाट प्रस्ताव स्वीकृत हुँदा १७ अर्ब ३ करोड प्रस्तावित विदेशी लगानी आएको छ । स्वचालित प्रणालीबाट १ अर्ब ६२ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । 

    विदेशी लगानी परियोजनाहरूमा ७ हजार ६६७ रोजगारीका प्रस्ताव आएका छन् भने कुल ११ हजार ७८१ रोजगारका लागि प्रस्ताव आएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार