images
images

अब सीएफमोटो र जिहोमा २४ महिनासम्मको सरल र सहज फाइनान्स सुविधा

अब सीएफमोटो र जिहोमा २४ महिनासम्मको सरल र सहज फाइनान्स सुविधा

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • अब सीएफमोटो र जिहोमा २४ महिनासम्मको सरल र सहज फाइनान्स सुविधा
    images
    images

    काठमाडौँ / नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सरल र सहज फाइनान्स सुविधाको व्यवस्था गरेको छ।सीएफमोटोको पेट्रोल बाइक तथा जिहोका ईभी स्कुटर खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको सो सुविधा हालै प्रारम्भ भएको हो ।

    उक्त व्यवस्था अन्तर्गत आफूलाई मन पर्ने सीएफमोटो तथा जिहोका बाइक तथा स्कुटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न सकिने छ। 

    ग्राहकले आफ्नो चाहना अनुरुप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्ने छन्। 

    हालका लागि कम्पनीको नक्साल र झम्सिखेलस्थित शोरुमबाट मात्र सो सेवा उपलब्ध भएको र आगामी दिनमा अन्य शोरुमबाट समेत क्रमशः सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ। नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका  सीएफमोटोको ४५० र जिहो एई४ चर्चामा रहेका छन्। 

    सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । 

    सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । 

    zeeho.JPG

    यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफरोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ । 

    फेमिली स्कुटरको रुपमा डिजाइन गरिएको एई४ मा ३१ लिटरको बुट स्पेस, फराकिलो फुट स्पेस, लिथियम आयोन ब्याट्री, एबीएस, इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल, ३ हजार वाट पिक पावर लगायतका विशेषता रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार