images
images

६ महिनामा देशको अर्थतन्त्र : व्यापार घाटा ७ खर्ब २३ अर्ब, सार्वजनिक ऋण २५ खर्ब ३६ अब, अन्य सूचक कस्तो छ ?

६ महिनामा देशको अर्थतन्त्र : व्यापार घाटा ७ खर्ब २३ अर्ब, सार्वजनिक ऋण २५ खर्ब ३६ अब, अन्य सूचक कस्तो छ ?

तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुबै बृद्धि भएको छ । गत बर्षको ६ महिनाको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशतले बढेको हो ।

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • ६ महिनामा देशको अर्थतन्त्र : व्यापार घाटा ७ खर्ब २३ अर्ब, सार्वजनिक ऋण २५ खर्ब ३६ अब, अन्य सूचक कस्तो छ ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्षको ६ महिना (साउन–पुस)सम्म नेपालमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने ९८ अर्ब ७९ करोड रुपैयाँ मात्रै भएको छ । यस आधारमा नेपालले ६ महिनामा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । 
    तथ्याङ्क अनुसार नेपालको आयात र निर्यात दुबै बृद्धि भएको छ । गत बर्षको ६ महिनाको तुलनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशतले बढेको अर्थमन्त्रालयले जनाएको छ । 

    गत बर्षको ६ महिनामा आयात ३.१ प्रतिशत र निर्यात ७.२ प्रतिशतले घटेको थियो । गतवर्ष यसै अवधिमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको आयात हुँदा ७४ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको थियो । 

    मन्त्रालयले ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा भने ८.२ प्रतिशत मात्र बढेको थियो ।

    त्यसैगरी, पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । वित्तीय संस्थामा निक्षेप सङ्कलन २ खर्ब ११ अर्ब अर्थात् ३.३ प्रतिशतले बढेको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ ।

    अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो । 

    कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो । 

    यसैगरी, वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनाको तुलनामा ४३.२ प्रतिशत खर्च हो । 

    चालु आर्थिक वर्ष पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ । 

    जुन वार्षिक विनियोजनको तुलनामा ४५.४ प्रतिशत बराबर हो । त्यस्तै, राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो । यो ३२.५ प्रतिशत हस्तान्तरण हो ।

    पुस मसान्तसम्म ७ अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान र ४१ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण प्राप्त भएको छ । यस  अवधिमा वार्षिक लक्ष्यको तुलनामा १४.८ प्रतिशत वैदेशिक अनुदान प्राप्त भएको हो । सरकारले चालु आवमा ५२ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ । त्यस्तै, बार्षिक लक्ष्यको १९ प्रतिशत वैदेशिक ऋण प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु आवमा २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेको छ । 

    त्यस्तै, पुस मसान्तसम्म वार्षिक लक्ष्यको ५४.९ प्रतिशत आन्तरिक ऋण उठाएको छ भने २७.१ प्रतिशत वैदेशिक ऋण सङ्कलन गरेको छ । सरकारले चालु आवमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । पुस मसान्तसम्म १ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । त्यस्तै, पुस मसान्तसम्म सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ ऋण भुक्तान गरेको छ । पुस मसान्तसम्म सरकारको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार