images
images

थाईल्यान्डमा नम्बर वान नेटा  नेपालमा कस्तो छ ?

थाईल्यान्डमा नम्बर वान नेटा  नेपालमा कस्तो छ ?

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • थाईल्यान्डमा नम्बर वान नेटा  नेपालमा कस्तो छ ?
    images
    images

    चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको जनाएको छ । यस्तैगरी ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । नेपालमा पनि अग्रणी स्थानमा प्रतिस्पर्धा गरिरहेको नेटा बजारमा उत्कृष्ट ईभि गाडीहरुमध्ये पर्दछ ।

    अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी बर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितिलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।

    नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुबिधाका साथ बिक्रि पछिको बजार र सुबिधालाई बिशेष ध्यानमा राखिदै आएको बताइएको छ निेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्री गर्दै आईरहेको छ । 

    Neta V क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन(EVs) चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको  ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकी ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० ल्m टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार गर्ने कम्पनीले दाबी गर्दै आइरहेको छ ।  नेटा भि छिटो २० मिनेटको चार्जमा ३० प्रतिशत बाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा  ३८० प्लस किमि दायरा छ र यो  CATL का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वर्ष वा  १५००००   किमी वारेन्टी छ ।

    नेटा एक्स एकल चार्जमा  ५ सय कमी सम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। ऋब्त्ी का अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित  छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार