images
images

सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन सम्पन्न, नाडा अटो शोमा गरिएको थियो सार्वजनिक

सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन सम्पन्न, नाडा अटो शोमा गरिएको थियो सार्वजनिक

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन सम्पन्न, नाडा अटो शोमा गरिएको थियो सार्वजनिक
    images
    images

    काठमाडौँ / सीएफमोटोको नेपालका लािग आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एड्भेन्चर टुरिङ बाइक ४५० एमटीको डेलिभरी गर्नुका साथै उनीहरुका बिच एक सेलिब्रेसन सम्पन्न गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको सो बाइक केही समयपछि बिक्री प्रारम्भ गरिएको थियो । 

    त्यसपछि डेलिभरी दिन सुरु गरिएको बाइक धनीहरूका बिच एक प्रकारको सहकार्यका लागि समेत सो समारोह आयोजना गरिएको हो । डेलिभरी, सेलिब्रेसन र गफगाफका लागि सो कार्यक्रम सानेपास्थित इन्टरनेसनल क्लबमा आयोजना गरिएको थियो ।

    “बाइक धनी र बाइक प्रेमी तथा कम्पनीका बिच एक प्रकारको सहकार्यका लागि सो कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा एड्भेन्चर बाइक र यसका वारेमा आफ्ना मनका कुरा सेयर गर्ने एक प्रकारको सहकार्य सम्बन्धी यस्तो कार्यक्रम आगामी दिनमा समेत गरिने छ,” ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीले भने ।

    हालसम्म ५० भन्दा बढी बाइक डेलिभरी दिइएको र आगामी दिनमा अन्य बाइक समेत डेलिभरी गरिने उनले बताए ।

    सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

    1.JPG

    बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ, जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउने कम्पनीको दावी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार