images
images

असार १ देखि लागु हुने गरी कुमारी बैंकले घटायो ब्याजदर, कुन शिर्षकमा कति पाइन्छ ब्याज ?

असार १ देखि लागु हुने गरी कुमारी बैंकले घटायो ब्याजदर, कुन शिर्षकमा कति पाइन्छ ब्याज ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • असार १ देखि लागु हुने गरी कुमारी बैंकले घटायो ब्याजदर, कुन शिर्षकमा कति पाइन्छ ब्याज ?

    काठमाडौँ / कुमारी बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।शुक्रबार प्रकाशित असार महिनाको नयाँ ब्याजदर विवरण अनुसार  कम्पनीले व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर घटाएको छ ।  

    images
    images

    कम्पनीले  असार महिनामा आफ्ना ग्राहकहरुलाई व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर दिने छ । कम्पनीले जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

    त्यसैगरी,असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ कम्पनीका ग्राहकले ३ महिनादेखि ६ महिना अवधिका लागि ५.२६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५।७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ प्रतिशत र ३ वर्ष अवधिका लागि ६.५६ प्रतिशत ब्याजदर पाउनेछन् ।  

    उता कुमारी मोबाइल स्मार्ट एपका ग्राहकले भने ३ देखि ६ महिने अवधिका लागि ५.४६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५.७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ र ३ वर्षभन्दा माथिको अवधिका लागि ६.७६ प्रतिशत ब्याजदर पाउने  सूचनामा उल्लेख छ।    

    त्यस्तै कम्पनीका संस्थागत ग्राहकले असार महिनामा अधिकतम ५.६१ प्रतिशत ब्याजदर पाउने छन् ।कम्पनीका संस्थागत ग्राहकले जेठ महिनामा भने  अधिकतम ६.२६ प्रतिशत ब्याजदर  पाएका थिए ।

     संस्थागत ग्राहकले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दती निक्षेपमा ४.२६ प्रतिशत र १ वर्षदेखि ३ वर्षसम्म अवधिका लागि ५.०१ र ३ वर्षभन्दा माथिको अवधिका लागि भने ५.६१ प्रतिशत ब्याजदर पाउने छन् ।  

    लगानीयोग्य रकम बढ्दै गएको तर कर्जा प्रवाह हुन नसकेकोले कम्पनीले ब्याजदर घटाएको हो ।अन्य बैंकहरुले पनि ब्याजदर घटाएका छन् । पूँजी कोषमा दबाब रहेका बैंकहरूले समेत निक्षेपको ब्याजदर घटाएका छन्। ब्याजदर घटाएर लागत घटाउने रणनीतिमा बैंकहरु छन् ।

    बैंक तथा वित्तीय संस्थाहरु असारमा निक्षेपको ब्याजदर घटाउनु पर्ने दबाबमा यसअघि नै थिए ।कर्जाको माग नबढ्नु र बैंकको लागत बढ्दै जानुले बैंकहरुले असारमा निक्षेपको ब्याजदर घटाउने सोच बनाएका थिए ।

    बैंकहरुले अहिले साधारण बचतमा न्यूनतम ३.५ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म र व्यक्तिगत मुद्दति निक्षेपमा औसत ७.०६ प्रतिशत ब्याज दिइरहेका छन्। तर, निक्षेप बढ्ने र कर्जाको माग नहुँदा बैंकको कस्ट अफ फन्ड बढेको छ।

    बैंकिङ प्रणाली पैसा थुप्रिएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ। बैंकहरुले औसत ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकलाई पैसा दिनु पर्ने बाध्यता छ । जेठमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ७.०६ प्रतिशत थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार