images
images

कुमारी बैंकको ४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

कुमारी बैंकको ४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • कुमारी बैंकको ४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    images
    images

    बैंकले आजदेखि ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

    इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति असार ३ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार