images
images

तेस्रो त्रैमासमा कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो ?

तेस्रो त्रैमासमा कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमासमा कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो ?

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकलाई मर्ज गरी २०७९ गत पुस १७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको कुमारी बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

    images
    images

    बैंकले सार्वजनिक गरेका तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुासर यो खुद नाफा गत वर्षको भन्दा १९.१२ प्रतिशत कम हो । गत वर्ष यस बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १२.६७ प्रतिशतले बढेर ८ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७ अर्ब ४७ करोड ७१ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

    यस्तै, यस अवधिमा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २१.६० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । 

    यता, कम्पनीको खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ ।

    समिक्षा अवधिमा बैंकको जगेडा कोष १३ अर्ब ८३ करोड रुपैयाँ, वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक, निक्षेप संकलन ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ, कर्जा लगानी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

    चैत मसान्तसम्म आइपुग्दा कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ छ । कम्पनीको खराब कर्जा ४.९५ प्रतिशत, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार